बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

१३ भाद्र २०७८, आईतवार १८:१७

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने भोलि (भदौ १४ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

आवेदन दिनको लागि कम्तिमा १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिने छ ।उक्त आइपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*