विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, पाँच वर्षदेखिको वक्यौता

१३ भाद्र २०७८, आईतवार १८:०१

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले विगत पाँच वर्षदेखि विद्युत महसुल तिरेको छैन । उद्योगले विद्युत महसुल वापतको २ अर्ब २३ करोड रुपैयाँ नतिरेको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाको अनुसार डेडिकेट फिडर विद्युत लाइन प्रयोगवापतको सो रकम उद्योगले नतिरेको हो । प्राधिकरणले महसुल बापतको रकम तिर्नका लागि उद्योगलाई पटकपटक पत्र पठाएपनि उद्योगले पाँच वर्षदेखिको विद्युत महसुल नतिरेको विद्युत प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण शाहले बताएका हुन् ।

सर्वोच्च अदालतले उक्त विद्यतु महसुल वापतको रकम तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षदेखि नै आदेश दिएपनि उद्योगले अटेर गर्दै पाँच वर्षदेखिको महसुल नतिरेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत लाइन काटिदिने बताउँदै आएपनि हालसम्म पनि विद्युत आपूर्ति बन्द गर्न सकेको छैन । सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख शाहको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*