अपि पावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

३१ भाद्र २०८१, सोमबार १०:५५

काठमाडौँ । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१औं बस्नेृगरी आव्हान गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*