सिईडिबि हाईड्रोपावरको बोनस शेयर बापतको कर कम्पनीले तिर्ने

३१ भाद्र २०८१, सोमबार १०:२१

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर बापतको कर कम्पनी स्वयंले तिर्ने बताएको छ ।

यस कम्पनीले हालै चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ भने यसका लागि असोज २१ गते साधारणसभा समेत बोलाइसकेको छ । यसैबीच शेयरधनीहरूमा प्रस्तावित शेयर बापत तिर्नु पर्ने कर कसले तिर्ने भन्ने अन्यौलता उत्पन्न भएपछि सूचना जारी गर्दै कर बापतको रकम कम्पनी स्वयंले तिर्ने बताएको हो ।

आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टी पछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान छ । सोही प्रावधान अनुरूप अघिल्लो साधारण सभामा बोनस शेयर बापत करको लागि छुट्याइएको रकम असोज २१ गतेको साधारण सभामा स्वीकृत हुने बोनस शेयरको लागि पनि पर्याप्त रहेको कम्पनीले बताएको छ ।

सोही रकमबाट कम्पनीले हाल प्रस्तावित बोनस शेयर बापतको कर तिर्ने स्पष्ट पारेको छ । यससँगै बोनस शेयर बापतको कर शेयरधनीहरूले तिर्नु पर्ने छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*