सहारा विकास बैंकको नाफामा उल्लेख्य प्रदर्शन, अन्य सूृचक कस्तो ?

१३ भाद्र २०७८, आईतवार १६:२२

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५०.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ करोड २५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो आवमा २ करोड १२ लाख ५६ हजा रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत बर्ष १३.६९ प्रतिशतले बढेर २ करोड ४१ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

साथै चौथो त्रैमाससम्ममा बैंकको संचालन मुनाफा ६५.४४ प्रतिशतले बढेर ३ करोड ८० हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी समेत ६६.६६ प्रतिशतले बढ्न पुगेको छ । सो प्रतिशलते बढेर बैंकको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजार रुपैयाँ रहेकोमा जगेडा कोष २.४६ प्रतिशतले बढेर ६ करोड ४३ ला ८५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, निक्षेप १ अर्ब १० करोड ९ लाख रुपैयाँ रहेको छ भने कर्जा ९७ करोड २० लाख ८५ हजार पुगेको छ । बैंकको वार्षिकी प्रतिशेयर आम्दानी (इपिएस) ६ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ८७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*