आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, बिक्री भएन साढे १७ लाख कित्ता
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्काशन हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१.५ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो । जसमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीहरूलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद बाँडफाँड गरेको छ ।
यसरी कम्पनीको १७ लाख ५० हजार २४८ कित्ता शेयर बिक्री भएको छैन् । अवितरित हकप्रद कम्पनीहरूले लिलाम मार्फत बिक्रीमा ल्याउने गर्छन् । कम्पनीले हिजो (भदौ ३०) बिक्री प्रबन्धकको संयुक्त उपस्थितिमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
साथै बाँडफाँडमा नपरेकाहरूलाई असोज ४ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।