माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर
३१ भाद्र २०८१, सोमबार ०८:०६
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले पुरानै ब्याजदरलाई अझै निरन्तरता दिएको छ । यस बैंकको ब्याजदर साउन महीनादेखि स्थिर छ ।
यस बैंकले असोजमा मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा ७ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।