एनआईसी एशिया बैंकले घटायो ब्याजदर

३१ भाद्र २०८१, सोमबार ०७:०९

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ ।

बैंकले असोजका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। भदौ महीनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याज दिएको थियो ।

त्यस्तै असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याज तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*