चार हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट
३० भाद्र २०८१, आईतवार १५:०९
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा भारी गिरावट आएपनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २४ वटा कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।
आइतबार रिभरफल्स पावर, हिमालयन हाइड्रोपावर,रावा इनर्जि र इष्टर्न हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।