आशुतोष इनर्जीद्वारा लाभांश घोषणा
३० भाद्र २०८१, आईतवार १३:०७
काठमाडौँ। आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ । कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।