सलिकोद्वारा साउन महिनामा करिव १६ करोड रुपैयाँको दावी भुक्तानी

३० भाद्र २०८१, आईतवार १२:२६

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो अर्थात साउन माहिनामा १५ करोड ६८ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार साउँन महिनामा कुद १५५१ वटा बीमा दावीका निवेदनहरु सूचीत भएको र जसमा ११९३ वटा दावी भुक्तानी गरिसकेको छ ।

साउन महिनामा सूचीत भएका बीमा दावीमध्ये ३५८ वटालाई दावी भुक्तानी दिन बाँकी रहेको समेत कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*