मानुषी लघुवित्तका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल समाप्त
३० भाद्र २०८१, आईतवार १२:१४
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको चार वर्षे कार्यकाल भदौ २८ गते समाप्त भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ (२) अनुसार स्वतन्त्र संचालक सदस्यको कार्यकाल एक पटकका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था रहेको छ । यस प्रावधानका आधारमा सुवर्ण कुमार कर्मचार्यको स्वतन्त्र संचालकको रूपमा रहेको जिम्मेवारी समाप्त भएको संस्थाले जानकारी दिएको छ ।
उनले चार वर्षे कार्यकाल पूरा गर्दै संस्थाको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।