गार्डियन माइक्रो लाइफले ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गर्दै, डिजिटल प्लेटफर्म र पुनर्बीमा ब्यवस्थापनमा सफलता

३० भाद्र २०८१, आईतवार ११:३८

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो वर्षमै ग्रामीण र कम आय भएका समुदायमा बीमा सेवा विस्तार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले डिजिटल प्लेटफर्मको प्रयोगमार्फत प्रिमियम संकलन र दाबी भुक्तानीको सुविधा प्रदान गरिरहेको हो ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालय रिइन्स्योरेन्स कम्पनीसँगको पुनर्बीमा व्यवस्थाले कम्पनीको जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाएको छ । इन्स्योरेन्सले सन् २०२३ को जुलाईमा आफ्नो व्यावसायिक यात्रा थालेको थियो । आर्थिक वर्ष २०२४ मा पहिलो पूर्ण वर्ष सञ्चालन गरेको हो । यस क्रममा कम्पनीले ४२ मिलियन रुपैयाँको ग्रस प्रिमियम आम्दानी गरेको छ, जसमा लगभग ६५ प्रतिशत माइक्रो टर्म नीतिहरू र ३५ प्रतिशथ गैर–भाग लिने एन्डोमेन्ट नीतिहरूबाट आएको हो ।

यद्यपि कम्पनीको प्रारम्भिक वर्षमा प्रशासनिक खर्च उच्च भएका कारण अन्डरराइटिङ घाटा भयो तर लगानी आम्दानीको मद्दतले कम्पनीले १.४७ मिलियन रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

इन्स्योरेन्स लिमिटेडले केयर रेटिङ नेपालबाट ‘CARE-NP BB- (Issuer Rating)’  रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीले समयमै आर्थिक दायित्व पूरा गर्ने मामिलामा मध्यम जोखिम रहेको संकेत गर्छ । यो रेटिङले कम्पनीको छोटो सञ्चालन इतिहास र प्रारम्भिक चरणका उच्च प्रशासनिक खर्चलाई ध्यानमा राख्दै दिएको हो ।

कम्पनीले आगामी दिनमा आफ्नो व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छ, जसमा प्रवासी रोजगार बीमा बजारमा प्रवेश गर्ने योजना पनि रहेको छ । साथै, कम्पनीले बीमा सेवाहरू विस्तार गर्न पाँच शाखा, १९ उप–शाखा, र ५८३ बीमा एजेन्टको सञ्जालमार्फत् देशभरि आफ्नो उपस्थिति विस्तार गरेको छ ।

कम्पनीको अध्यक्ष उदिप श्रेष्ठले पञ्चकन्या ग्रुपमा दशकभन्दा लामो व्यवस्थापकीय अनुभव छ भने सीईओ चिरायु भण्डारीले बीमा क्षेत्रमा चार दशकको अनुभव बटुलेका छन् ।

हाल कम्पनीले आफ्नो बीमा जोखिम व्यवस्थापनका लागि नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालय रिइन्स्योरेन्स कम्पनीसँग पुनर्बीमा व्यवस्था गरेको छ । यस पुनर्बीमा व्यवस्था अन्तर्गत ८५ प्रतिशत जोखिम हिमालयले र १५ प्रतिशत नेपाल पुनर्बीमाले लिन सक्छन् ।

कम्पनीले छोटो अवधिमा पनि राम्रो वित्तीय क्षमता देखाएको छ । कम्पनीको लगानीको पोर्टफोलियो ५३५ मिलियन रुपैयाँ पुगेको छ, जुन मुख्यतया बैंक तथा वित्तीय संस्थाहरूमा सावधि निक्षेपको रूपमा राखिएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नेपालका ग्रामीण तथा कम आय भएका समुदायमा बीमा सेवा पु¥याउने लक्ष्य राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*