शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

२८ भाद्र २०८१, शुक्रबार १०:३३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो ।

शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*