२५% लाभाशं प्रस्ताव सहित इम्पेरियल सेक्युरिटिजले बोलायो साधारणसभा
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले असोज १८ गते १७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिका बैठकले काठमाडौंको अनामनगरस्थित कम्पनीको आफ्नै मुख्य कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको हो ।
सभाले २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनश शेयर वितरण पश्चात सोही हदसम्म कायम हुने गरी चुक्ता पूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साथै अघिल्लो आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पनि पारित गरिनेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ असोज १० देखि १८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । सोका आधारमा असोज ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।