लाभांश प्रस्तावसहित नबिल स्टक डिलरले बोलायो साधारण सभा

२८ भाद्र २०८१, शुक्रबार ०७:५२

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित आफ्नै रजिष्टर्ड कार्यालयको सभा कक्षमा सभा बस्ने निर्णय गरेको हो ।

सभाले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी जिनको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानहरुमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*