१०० गाउँपालिकामा संघीय मामिलाले खटायो प्रमुख प्रशासकीय अधिकृत, २३ गाउँपालिकामा अझै रिक्त
काठमाडौं। सरकारले १०० वटा गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा नयाँ कर्मचारी नियुक्त गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक शाखा अधिकृतहरूको पदस्थापन गर्दै उनीहरूलाई जिम्मेवारी दिएको हो।
हाल, १२३ गाउँपालिकामध्ये १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएका छन्। २३ गाउँपालिकामा भने अझै पदपूर्ति गर्न बाँकी छ। नियुक्ति प्राप्त गरेका कर्मचारी सबै लोकसेवा आयोगको परीक्षा पास गरि हालै प्रशासनिक प्रशिक्षण पूरा गरेका व्यक्ति हुन्।
भदौ १३ गते स्टाफ कलेजबाट दीक्षित भएका १०६ शाखा अधिकृतमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरिएको छ। अन्य ३ जना महिला कर्मचारीहरूको स्वास्थ्य समस्याका कारण उनीहरूको नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताइएको छ।
Shakha-Adhrikrit-padasthapan_page-0001