ओम अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

१३ भाद्र २०७८, आईतवार १२:१७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ओम अस्पताल तथा रिसर्च सेन्टरमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिन दुईपक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पछि अब बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रंयोग गरी कुल बिलको १० दशमलव ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका साथै बैंकका ग्राहकहरुलाई प्राथमिकता दिदैं अस्पतालले उपचारमा फास्ट ट्रयाक मेडिकल सर्भिस प्रदान समेत गर्ने भएको छ ।

ओम अस्पतालले काठमाडौं चाबहिलस्थितबाट स्वास्थोउचार दिदै आइरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*