सात कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीका लगानीकर्ता भए मालामाल

२७ भाद्र २०८१, बिहीबार १५:१८

काठमाडौँ । केहि दिन यताको गिरावटको यात्रापछि आज बजारमा सुधार आएको छ । बजारमा आकर्षक सुधार आउँदा लगानीकर्ता उत्साहित भएका छन् भने कम्पनीहरुको शेयर मूल्य समेत बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा कायम भएको छ । आज कारोबार रकम समेत बढेको छ । यसदिन ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स, इन्र्टन हाइड्रोपावर, रावा इनर्जि, एशियन हाइड्रोपावर, सिन्गटी हाइड्रो र इर्मजिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*