फर्कियो शेयर बजार लयमाः ७८ अकंले बढ्यो नेप्से, ३२ सय पार गर्ला ?

२७ भाद्र २०८१, बिहीबार १५:०७

काठमाडौँ । पुँजी बजारमा लगातार ६ दिनको ओरालो यात्रा आज ब्रेक लागेको छ । निरन्तर ओरालो लागि रहेको शेयर बजार पुन लयमा फर्किएको हो ।

अस्वभाविक रुपमा निरन्तर बढेको बजारमा करेक्सन आएको हुँदा अब बजार आफ्नै लयमा फर्किएको तर्क हुँदै आइरहेका छन् । एक लगानीकर्ता भने, ‘बजार ह्वात्तै बढेको थियो । जसले गर्दा शेयर मूल्य उचालिएको हो । बजारले नयाँ रेकर्ड राख्न करेक्सन हुँदै अघि बढ्नु पर्छ । अब भने बजार ३२ सय माथिको बिन्दु छुनेछ ।’

शेयर बजारको शत्रुको रुपमा रहेको बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । यता, अर्थतन्त्र समेत सुधार तिर लम्कि रहेको छ । नियामक निकाय समेत सकारात्मक हुनुका साथै केहि नीति लतिला बन्दै गएका छन् । जसले गर्दा बजार नयाँ उचाईमा पुग्ने नै देखिन्छ ।

अस्वभाविक रुपमा बढेको बजारमा करेक्सन आवश्यक रहेको थियो । ६ दिनको करेक्सनपछि अब बजार सुधार तिर लम्किने आंकलन भइरहेका छन् । केहि अराजक समूहले बजारलाई बिग्रिने गरि हल्ला नगरेको खण्डमा बजारले उचाई कायम राख्नेका दुई मत नरहेको जानकारहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो ।

यसदिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मात्र घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*