ओरियन्टल इन्स्योरेन्सको स्थापना दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

२७ भाद्र २०८१, बिहीबार १५:०३

काठमाडौँ । ओरियन्टल इन्स्योरेन्सले आफ्नो ७८ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रुक्तदान लगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस भव्य रुपमा मनाएको हो ।

ओरियन्टल इन्योरेन्सको काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएका छन् । कम्पनीले आफनो स्थापना दिवसको दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती लगायत कम्पनीका कर्मचारीहरु र अन्य संस्थाका उच्च पदाधिकारीहको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको छ। करिव १५० जना मनिसहरुलाई रक्तदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत गराएका छन् ।

स्थापना दिवस अन्तर्गत आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्पूर्ण बीमित, कर्मचारी र विभिन्न क्षेत्रबाट आएका पाहुनालाई शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

साथै कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत शिरसा मारजोलाले सबै बीमित र नेपाली नागरिकहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेकी छिन् ।

फोटोफिचर

 

तस्विरः राजन कठायत

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*