नेप्सेमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकृत

१३ भाद्र २०७८, आईतवार ११:४२

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘एनआईसी एशिया सेलेक्ट फण्ड ३०’ नेप्सेमा सूचिकृत भएको छ ।

भदौ ११ गते एनआईसी एशिया क्यापिटल र नेप्सेबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाइको एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकरण गर्ने सम्झौता भएको हो ।

जसअनुसार सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट अर्थात आजबाट नै नेप्सेमा उक्त फण्डको कारोबार सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*