नेरुडे मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

२७ भाद्र २०८१, बिहीबार १०:५०

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति सदस्य (संस्थापक समूह) दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ।

श्रेष्ठले आफ्नो राजीनामा २०८१ साल भदौ २६ गते पेश गरेका थिए । सोही दिन बिहान ११ बजे बसेको संचालक समितिको ३४७ औं बैठकले स्वीकृति प्रदान गरेको हो। श्रेष्ठको राजीनामा सोही मिति देखि लागु हुने गरी स्वीकृत गरिएको संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*