प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा
२७ भाद्र २०८१, बिहीबार ०७:१९
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ । खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर किन्न बोलकबोल गर्दा सबै कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ ।
सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित आज (भदौ २७) देखि असोज २ गते कार्यालय सयभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ ।
शेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।