म्युचुअल फण्डको नाफा २३७ प्रतिशतले बढ्यो: शेयर बजारमा लगानी ४३ अर्ब ३० करोड, कुनको न्याभ कति ?
काठमाडौँ । पुँजी बजारमा आएको उछालसँगै म्युचुअल फण्डको व्यापारमा समेत सुधार आएको छ। साउन महिनामा शेयर बजारमा आएको अस्वभाविक वृद्धिले म्युचुअल फण्डको लगानी, नाफा र न्याभमा समेत बदलाभ आएको हो।
हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको गत साउन महिनाको तथ्याङ्क अनुसार कुल ९ अर्ब ५६ करोड ४३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन असार महिनाको तुलनामा २३७ प्रतिशत बढी हो । असारमा म्युचुअल फण्डको नाफा २ अर्ब ८३ करोड ८० लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
साउनमा फण्डहरुको औसत न्याभ पनि २ रुपैयाँ ११ पैसा बढेर १२ रुपैयाँ ९१ पैसा कायम भएको छ । यता, सेयर बजारमा लगानी पनि २९.३० प्रतिशत अर्थात् ९ अर्ब ८१ कारेड रुपैयाँ थपेका छन् ।
नेपालको शेयर बजारमा आएको सुधारले म्युचुअल फण्डहरूको वित्तीय प्रदर्शनमा महत्वपूर्ण सुधार ल्याएको छ । बजारमा वृद्धि र आर्थिक सुधारको संकेतले लगानीकर्ताहरूको आत्मविश्वासलाई बढाएको छ र म्युचुअल फण्डहरूको वित्तीय अवस्थालाई बलियो बनाएको हो । यो सुधारले म्युचुअल फण्डहरूको व्यवस्थापनमा देखिएका चुनौतीहरूको समाधान र भविष्यका लागि सम्भावनाहरूलाई पनि उजागर गरेको छ । यसले अर्थतन्त्रको वृद्धि र स्थायीत्वमा योगदान पुर्याउन म्युचुअल फण्डहरूको भूमिकालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।
साउनमा म्युचुअल फन्डहरूको नाफामा २३७ प्रतिशतले बढ्यो
साउन महिनामा नेपालका म्युचुअल फन्डहरूले नाफामा आश्चर्यजनक वृद्धि देखाएका छन् । एकै महिनामा, म्युचुअल फन्डहरूको कुल नाफा २३७ प्रतिशतले वृद्धि भएको हो । असारमा म्युचुअल फन्डहरूले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए भने, साउनमा यो नाफा ९ अर्ब ५६ करोड ४३ लाख रुपैयाँमा पुगेको हो ।
सर्वाधिक नाफा एनएमबि सरल बचत फन्ड–ई ले कमाएको छ, जसले ५३ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ। यो असारको तुलनामा ५३७.४३ प्रतिशतको बृद्धि हो । यस्तै, एनआईबीएल सहभागिता फन्डले ४९ करोड ६१ लाख ५८ हजार, सिद्धार्थ इक्विटी फन्डले ३६ करोड ६८ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोले ३६ करोड २९ लाख, एनएमबि ५० ले ३४ करोड ८२ लाख, नबिल ब्यालेन्ड फन्ड–३ ले ३३ करोड ९८ लाख, ग्लोबल आइएमई ब्यालेन्ड फन्ड–१ ले ३२ करोड ४२ लाख, प्रभु सेलेक्ट फन्डले ३२ करोड ९८ लाख, र नबिल ब्यालेन्ड फन्ड–२ ले ३० करोड रुपैयाँ नाफा कमाएका छन्।
गत असारमा नोक्सानीमा रहेका लक्ष्मी उन्नती कोष र सनराइज ब्लुचिप पनि क्रमशः १८ करोड ४७ लाख र १८ करोड ६ लाख रुपैयाँको धनात्मक नाफा देखिएको छ। तर, असारमा साढे ४ करोड नाफा कमाएको एनआईबीएल समृद्धि फन्ड–२ ले साउनमा ३ करोड ५ लाख नोक्सानीमा देखिएको छ। यस्तै, एनआईसी एशिया डायनामिक डेप्ट फन्डको नाफा १७.६७ प्रतिशत घटेको छ।
साउन महिनामा म्युचुअल फन्डहरूको कुल नाफा ९ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन असारको तुलनामा २३७ प्रतिशतको बृद्धि हो। यो उल्लेखनीय वृद्धि बजारको समृद्धिको संकेत हो र आगामी दिनहरूमा लगानीकर्ताहरूलाई थप प्रेरित गर्ने अपेक्षा गरिएको छ।
म्युचुअल फण्डहरूको कुल लगानी ४३ अर्ब ३० करोड रुपैयाँमा पुग्यो
नेपालको शेयर बजारमा म्युचुअल फन्डहरूको कुल लगानी हाल ४३ अर्ब ३० करोड ७८ लाख ६० हजार रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यो लगानीमा २९.३० प्रतिशतको उल्लेखनीय वृद्धि भएको हो ।
साउन महिनामा, म्युचुअल फन्डहरूले कुल ९ अर्ब ८१ करोड ३८ लाख रुपैयाँको अतिरिक्त लगानी गरेका छन्। सिटीजन म्युचुअल फन्ड–१ बाहेक, सबै म्युचुअल फन्डहरूले लगानीमा वृद्धि देखाएका छन्। सिटीजन म्युचुअल फन्ड–१ को लगानीमा मात्र कमी आएको छ, अन्य ४२ वटा फन्डहरूले आफ्नो लगानी बढाएका छन्।
सबैभन्दा ठूलो लगानी एनआईबीएल सहभागिता फन्डको छ, जसको लगानी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यो गत असारको तुलनामा ३८.२५ प्रतिशतको वृद्धि हो ।एनएमबी सरल बचत फन्ड–ईको लगानी पनि २ अर्ब ३७ करोड ९४ लाख रुपैयाँमा पुगेको छ।
साउन महिनामा १५ वटा म्युचुअल फन्डहरूले सेयर बजारमा १ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन्। यसमा, एनआईबीएल स्टेबल फन्डको लगानी वृद्धिदर ११३.८१ प्रतिशतको अत्यधिक वृद्धि देखिएको छ । यो लगानीको वृद्धि र फन्डहरूको वित्तीय प्रदर्शनमा सुधारले नेपालका म्युचुअल फन्डहरूको स्थिरता र सशक्तता पुष्टि गरेको छ, जसले भविष्यमा लगानीकर्ताहरूको विश्वासलाई थप प्रोत्साहित गर्ने देखिएको छ ।
साउनमा म्युचुअल फन्डहरूको न्याभ कसको कति ?
म्युचुअल फन्डहरूको न्याभमा उल्लेखनीय वृद्धि देखिएको छ। यस महिनामा धेरै फन्डहरूको न्याभ बढेर नयाँ उचाइमा पुगेको हो । सर्वाधिक वृद्धि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको न्याभ मा भएको छ, जसले १५.१९ रुपैयाँको न्यभा मा पुगेको छ । यो गत असारको तुलनामा २.९७ रुपैयाँले वृद्धि भएको हो ।
एनएमबि ५० को न्याभ पनि १४.५० रुपैयाँ पुगेको छ, जुन २.७९ रुपैयाँको वृद्धि हो। प्रबु स्मार्ट फन्ड र प्रबु सेलेक्ट फन्डको ल्ब्ख् क्रमशः १४.१० र १४.०९ रुपैयाँ पुगेको छ, जुन २.५८ र २.५९ रुपैयाँको वृद्धि हो ।
सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ १४.०५ रुपैयाँ पुगेको छ, जुन २.३८ रुपैयाँको वृद्धि हो ।
कुमारी सुनौलो लगानी योजना र एनआईसी एशिया ग्रोथ फन्डको न्याभ पनि क्रमशः १३.७० र १३.६९ रुपैयाँ पुगेको छ, जसले १.८६ र २.२२ रुपैयाँको वृद्धि देखाएको छ ।