अरुण काबेली पावरको कम्पनी सचिवमा भट्टराई नियुक्त

१३ भाद्र २०७८, आईतवार ११:०९

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा थानेश्वर भट्टराईलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको भदौ १३ गते बिहान १० बजे बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा भट्टराईलाई नियुक्त गरेको हो । यसअघि उक्त पदमा रहेका सृजना खड्काले राजीनामा दिएकोमा भदौ ११ गते संचालक समितिले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*