कान्तिपुर टेलिभिजनको रेटिङ घट्यो
२६ भाद्र २०८१, बुधबार १४:४६
काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको रेटिङ [ICRANP-IR] B (ICRA NP इस्युअर रेटिङ B) मा घटाइएको छ । यसअघि इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B+ (ICRA NP इस्युअर रेटिङ B प्लस) प्रदान गरेको हो ।
रेटिङले समयमै वित्तीय दायित्वहरू पूरा गर्न उच्च जोखिम रहेको देखाउँछ। यो रेटिङ कुनै पनि विशिष्ट ऋण उपकरणमा लागू हुने रेटिङ नभएर कम्पनीको सामान्य क्रेडिट योग्यता सम्बन्धी राय मात्र हो ।
कम्पनीको व्यापार समेत ओरालो लागेको छ । सन् २०२३ मा २७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा २३ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको हो । यसअवधिमा कम्पनीको ४ करोेड १० लाख रुपैयाँ गायब भएको छ । कम्पनी आइपीओ निष्कासनको तयारीमा रहेको छ ।