गेटा आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

२६ भाद्र २०८१, बुधबार १४:४२

काठमाडौँ । कैलालीको अत्तरियामा रहेको गेटा आँखा अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ ।

नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र गेटा आँखा अस्पतालबीच स्वास्थ्य बीमा गराएका बीमितहरुलाई आखा उपचार सेवा प्रदान गर्नको लागि सम्झौता भएबमोजिम सुविधा उपलब्ध गर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो ।

उक्त कार्यक्रम यहि भदौ २३ गतेदेखि गेटा आँखा अस्पतालमा सञ्चालन भएको अस्पतालले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*