सलिको गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखरामा

२६ भाद्र २०८१, बुधबार १४:३४

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय उद्घाटन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओं) चंकी क्षेत्री र बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखरा विधिवत् रुपमा समुद्घाटन गरेका हुन् ।

सो अबसरमा शुभकामना दिदै दाहालले सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न आग्रह गरे । क्षेत्रीले सम्पुर्ण कमाचारीलाई उच्च मनोबलका साथ इमान्दारी पुर्बक बिमालेख बुझाएर बेच्ने आग्रह गरेका हुन् ।

कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पुर्ण कर्मचारीको उपस्थीती रहेको थियो । कम्पनी बारेमा नेशनल को अटिनेटर (सहायक महाप्रवन्धक) कविराज पौडेल बताउनु भएको थियो भने प्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेल ले कार्यक्रम संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*