लाभांश पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो साधारणसभा
२६ भाद्र २०८१, बुधबार ०८:२४
काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि बस्नेगरी सभा बोलाएको हो ।
सभाले गत आवको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पारित गर्नेछ ।
यसका साथै बार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्ष नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।