अप्पर स्याङ्गे हाईड्रोपावरले बोलायो साधारणसभा
२६ भाद्र २०८१, बुधबार ०७:३१
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारणसभा असोज १८ गते बोलाएको छ। भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजे सभा बोलाएको हो।
कम्पनीले लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश गरेको छैन् । सभाले वार्षिक र लेखापरीक्षण प्रनिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण् पनि गर्नेछ । अघिल्लो आवमा गरेको आर्थिक सहयोग रकम अनुमोनद गर्ने विशेष एजेण्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा असोज २ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।