पन्ध्र लाख युवाहरुलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : अर्थमन्त्री शर्मा

१२ भाद्र २०७८, शनिबार २१:३५

काठमाडौं ।  जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् ।

योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गर्नुभएको हो । उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको भन्दै उहाँले देशका १५ लाख युवाहरुलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरुका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गर्नुभयो । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका थिए।

मन्त्री शर्माले युवा बहुल जनसंख्या (आर्थिक रुपले सक्रिय जनसंख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहेनत गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । त्यसपछि नेपाल ‘एजिङ्ग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आँकलन उनको रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*