स्वास्थ्य बीमाको सिलिङ ५ लाख पु-याउन सरकार अलमलमा छः स्वास्थ्य मन्त्री पौडेल

२५ भाद्र २०८१, मंगलवार १२:०९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलवार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की भन्ने संशय सरकारसँग रहेको बताए उनले भने, ‘उदारो उपचार पनि अस्पताले गर्न सक्दैन । ६२ करोड सुविधाका शिर्षक र बीमाको गरेर टिचिङको बाँकी छ भन्ने मैले सुनेको छु । त्यसैले अब त्यो अस्पताल चल्न तत्काल पेमेण्ट हुने स्थिति हुनुपर्छ । यो सबैकुरा श्रोत सुनिश्चित नभएका कारण भएको हो । श्रोत सुनिश्चित यो—यो तरिकाले गर्न सकिन्छ भनेर पनि हामीले प्रश्ताव गरेका छौँ । यो एक लाखको सिलिङलाई बढाएर पाँच लाख पु¥याउनुपर्छ । एउटा परिवार पाँच जनाको मानिएको छ । एक लाख भनेको २० पञ्चे सय । त्यो खासै ठूलो होइन । आवश्यक पर्नेका लागि । यहाँ नपर्नेले पनि प्रयोग गरिदिएर समस्या भएको छ । आवश्यक हुनेका लागि यो पाँच लाखसम्म पु¥याउनुपर्छ । सबै उपचार यही मार्फत गरिने स्थिति हुनुपर्छ । राज्यले निःशुल्क गर्ने हो भनेपनि प्रिमियम निःशुल्क गरिदिएर यो मार्फत गर्ने व्यवस्था गर्नुपर्छ ।

उनले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिए । बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने बताए । राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने उनको तर्क छ ।

शिक्षण अस्पतालमा सुविधाका शिर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*