नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

२५ भाद्र २०८१, मंगलवार ११:४८

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देही जिल्लामा रहेको आफ्नो भैरहवा शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका-५, बैंक रोडमा रहेको शाखा सोही नगरपालिकाको वडा नम्बर ८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।

नयाँ भवन परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा सीईओ दीपक कुमार देले गरेका छन् । सो भवनबाट बैंकले सेवा प्रदान गर्न थालिसकेको छ ।

भवन उद्घाटन कार्यक्रममा बैंकका डीसीईओ तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमूख संचालन अधिकृत यादवेद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।

यस नयाँ भवनबाट ग्राहकलाई थप अत्याधुनिक सुविधा सहितको बैंकिङ सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता बैंकले गरेको छ ।

हाल यस बैंकले एक सय वटा शाखा कार्यालय, २२ वटा एक्स्टेन्सन काउन्टर, १९ वटा शाखा रहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र १२१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*