प्रभु महालक्ष्मी लाइफमा योग्यता नै नपुग्ने अस्मिता सुमार्गी सञ्चालक

२४ भाद्र २०८१, सोमबार १८:४१

काठमाडौं । बीमा ऐन २०७९ बमोजिमको योग्यता नै नपुगेको व्यक्ति प्रभु महालक्ष्मी लाइफमा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक भएर काम गरिरहेको तथ्य खुलेको छ ।

प्रभु महालक्ष्मी लाइफकी सञ्चालक सम्झना अर्याल (अस्मिता सुमार्गी) स्नातक तह उत्तिर्ण नभए पनि विगत दुई वर्षदेखि सञ्चालक भएर पदमा बहाल रहेको तथ्य फेला परेको छ । अर्यालले प्रभु महालक्ष्मी लाइफमा सञ्चालक हुँदा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र मात्रै बुझाएको तथ्य फेला परेको छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्दा सम्झना अर्यालले सो सम्बन्धमा कम्पनीका सूचना अधिकारीसँग जवाफ माग्न भन्दै कुनै प्रतिक्रिया दिन चाहिनन् । साथै उनले बीमा ऐन राम्रोसँग पढ्न आग्रह गरिन ।
बीमा ऐन २०७९ को दफा ४९ को उपदफा (ख) बमोजिम कुनै पनि बीमा कम्पनीको सञ्चालक हुनको लागि स्नातक तह उत्तिर्ण भई कम्तीमा तीन बर्ष बीमा क्षेत्रमा कार्य गरेको अनुभव हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही ऐनको दफा ४९ को उपदफा (ग) बमोजिम स्नातकोत्तर तह उत्तिर्ण रहेछ भने अनुभव नभए पनि सञ्चालक बन्ने पाइने व्यवस्था छ ।

बीमा क्षेत्रमा योग्यता नपुगे पनि जबरजस्ती सञ्चालक बनेर पदमा बस्ने प्रचलन बढ्दै गएको छ । नियामकले प्रभावकारी नियमन गर्न सक्ने हो भने अझै केही सञ्चालकहरु भेटिने जानकारहरु बताउँछन् ।
उता, बीमा प्राधिकरणले भने बीमा ऐन बमोजिम योग्यता नपुगेका कुनै पनि व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*