अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरि पुस्करको सरुवा

१२ भाद्र २०७८, शनिबार १०:३१

काठमाडौं । नतिजामुखी काम गरेर चर्चा कमाउँदै आएका कृष्णहरि पुस्करलाई सरकारले राजश्व सचिवको रुपमा सरुवा गरेको छ ।

उमेरहदका कारण रामशरण पुडासैनीले गत साउनमा अनिवार्य अवकासमा गएपछि रिक्त रहेको राजश्व सचिवमा केही महिना अघि मात्रै सचिवमा पदोन्नती भएका पुस्करलाई सरुवा गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रहेर काम गरिसकेका पुस्करले राजश्व प्रशासनलाई थप चुस्त दुरुस्त बनाउने विश्वासको आधारमा सरुवा गरेको गरिएको हो ।

उनीसँग राजस्व प्रशासनमा प्रत्यक्ष बसेर काम गरेको अनुभव नभए पनि नतिजामुखी काम गरेर चर्चामा रहेका पुस्करलाई अर्थमन्त्री जनार्दन शर्माको रोजाईमा सरुवा गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्कर मकवानपुरसहितका थुप्रै जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा गर्दा निकै राम्रो नतिजा दिएका थिए । त्यस्तै, श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गर्दा समेत राम्रो नतिजा दिएको आधारमा अर्थमा तानिएको अर्थमन्त्री शर्मा निकट स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*