प्रभु महालक्ष्मी लाइफले असोज १३ गते बोलायो साधारण सभा, लाभांश र हकप्रद प्रस्ताव पारित मुख्य एजेण्डा

२४ भाद्र २०८१, सोमबार १०:३२

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २३ गते बसेको संचालक समितिको बैठकले आगामी असोज २३ गते साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९÷८० को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनको लागि ० ५२६ प्रतिशत को नगद लाभांश पारित गर्नेछ । यसका साथै, छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायमहुन आउने चुक्ता पूंजी को ७ प्रतिशत बराबर को हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश भएको छ ।

यता, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

1725794754047

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*