जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि, नेपाल लाइफलाई पछ्याउँदै सूर्या र नेशनल लाइफ

१२ भाद्र २०७८, शनिबार १०:४६

काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल कुल ३ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

बीमा कम्पनीहरुको यो बास्तविक मुनाफा भने होइन । जीवन बीमा कम्पनीहरुको बीमांकीय मुल्यांकन पश्चात् नाफा थप घटबढ हुने जनाएको छ। जीवन बीमा कम्पनीहरुको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षसँग अघिल्लो आर्थिक वर्षको मुनाफा तुलना गर्दा नेपाल लाइफ सबैभन्दा अगाडि देखिएको छ । नेपाल लाइफलाई पछ्याउँदै नेशनल लाइफ अघि बढिरहेको छ भने सूर्या लाइफले समेत अन्य नेपाल लाईफलाई पछ्याउने दोस्रो नम्वरमा परेको छ ।

नाफा कमाउने मामलामा यसपटक पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले गत आवमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा भने नेशनल लाइफ देखिएको छ ।

गत आवमा उक्त कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरि तेस्रोमा सुर्या लाइफ रहेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ३२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा र लेखा परिक्षण अघि अनिवार्य रुपमा गर्नुपर्ने बीमाङ्कीय मूल्याङ्कनको क्रममा निर्धारण हुने मुनाफामा फरक पर्न सक्नेछ । त्यसकारण उल्लेखित वित्तीय विवरणको मुनाफा नै अन्तिम मुनाफा भने होइन ।

One thought on “जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि, नेपाल लाइफलाई पछ्याउँदै सूर्या र नेशनल लाइफ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*