खल्ती डिजिटल वालेटबाट नेपाल लाइफको प्रिमियम तिर्दा ग्राहकले आकर्षक क्यासब्याक पाउने

११ भाद्र २०७८, शुक्रबार १६:१४

काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले क्यासब्याक पाउने भएका छन् । यो अफरमा १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

सो अफरमा सहभागी हुन कम्पनीका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्ने छ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन पाउनेछन् ।

बीमितहरुको भुक्तानी प्रक्रिया डिजिटाइज गरी ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने उधेश्यले यस अफर कार्यान्वयनमा ल्याएको खल्ती डिजिटल वालेटले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*