साउनमा लघु जीवन बीमा कम्पनीद्वारा ३ करोड ७० लाखको व्यापार, कुनको कति?

२० भाद्र २०८१, बिहीबार १६:३२

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा तीन वटा लघु जीवन बीमा कम्पनीहरूले ३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बीमा पोलिसी बिक्री गरेर उक्त रकमको व्यापार गरेका हुन् ।

गार्डियन माइक्रो लाइफले सर्वाधिक व्यापार गरेको छ । कम्पनीले २ लाख २७ हजार ४६१ बीमा पोलिसी बिक्री गरी १ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

साउनमा क्रेष्ट माइक्रो लाइफले ६ हजार ८९३ वटा बीमा पोलिसी बिक्री गरेको छ । जसबाट कम्पनीले १ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी लिवर्टी माइक्रो लाइफले ७ हजार ६४३ वटा बीमा पोलिसी बिक्री गरी ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*