घट्यो बीमाको दायरा, ११ हजार ६९२ जना कर्मचारी इन्स्योरेन्स सेक्टरमा कार्यरत

२० भाद्र २०८१, बिहीबार १६:१८

काठमाडौँ । बीमाको दायरा घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत बर्षको तुलनामा बीमाको दायरा ३.०४ प्रतिशतले घटेर ४२.७० प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४ प्रतिशत रहेको थियो । आर्थिक मन्दी र देशको प्रतिकृल अवस्थाको कारण बीमा कम्पनीहरुको दायरा घट्न पुगेको देखिन्छ ।

बीमाको दायर घटेपनि कम्पनीहरुको कार्यालयहरु भने बढेको छ । पछिल्लो एक वर्षमा बीमा कम्पनीको शाखाहरु ६.९० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९९२ वटा रहेको छ । गत आवको सोहि अवधिमा बीमा कम्पनीहरुको कार्यालय २ हजार ७९९ वटा थियो ।

यता, बीमा क्षेत्रमा काम गर्ने कर्मचारीको संख्या ४.८४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनासम्म बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या ११ हजार ६९२ जना रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा कर्मचारीहरुको संख्या ११ हजार १५२ वटा रहेको छ । यसअवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी संख्या ५ हजार ८७४ जना र जीवन बीमामा ५ हजार ८१८ जना कर्मचारी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*