मेगा बैंक र उर्बर नेपालबीच कृषि आधुनिकीकरण सम्बन्धी सम्झौता

११ भाद्र २०७८, शुक्रबार १३:३४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र उर्बर नेपाल पब्लिक लिमिटेडबीच कृषि क्षेत्रलाई प्रवर्धन एवं आधुनिकीकरण सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेली र उर्बरका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले हस्ताक्षर गरेको हुन ।

सम्झौता भएसँगै बैंकले उर्बरसंग आबद्ध कृषक ब्यवसायीलाई आफ्नो ब्यवसाय विस्तार गर्न साना तथा मझौला कृषि कर्जा प्रदान गर्नेछ । उर्बरसंग आबद्ध कृषकहरुलाई बैंकका देशभरका शाखा कार्यालयबाट सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले कृषि कार्यका लागि आवश्यक पर्ने औजार एवं मल बिऊ खरिद गरी नगद रहित कारोबार गर्न मेगा किसान कार्ड समेत उपलब्ध गराउने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*