दुर्घटना बीमा निर्देशिका २०७८ मा संशोधन, कुन–कुन बुँदा भए परिवर्तन ?

२० भाद्र २०८१, बिहीबार १३:४५

काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरी लागु गरेको छ । दुर्घटना बीमा निर्देशिका २०७८ लाई समयसापेक्ष संशोधन गर्न बाञ्छनीय भएको बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले सो निर्देशिकाका बाधक पक्षहरुलाई सुधार गरी चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागु हुनेगरी जारी गरेको हो ।

प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ को दफा १६ लाई संशोधन गरी नयाँ नियम लागु गरेको छ । नयाँ नियमअनुसार अब सामुहिक दुर्घटना बीमा अन्तर्गत जारी गरिने बीमालेखमा बीमा अभिकर्ताको प्रयोग नगरी प्रत्यक्ष बीमालेख बिक्री गरिएको अवस्थामा हुलदङ्गगा तथा आतङ्कबाद जोखिमको बीमाशुल्क बाहेक अन्य बीमाशूल्कमा बढीमा अभिकर्ता कमिसन बराबरको रकम वा पाँच प्रतिशत रकम छुट दिन सकिने भएको छ ।

संशोधित निर्देशिकाले बीमितहरुले भोगिरहेको औषधि उपचारको समस्यालाई समेत सहजता प्रदान गरेको छ । निर्देशिकाको दफा ९ को उपदफा १ अन्तर्गत प्राधिकरणले दुर्घटनाका कारण बीमितको औषधि उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्गक रकम वा एक लाख रुपैयाँ वा बिल भर्पाई जुन कम हुन्छ सो अनुसार सोधभर्ना दिनुपर्ने भएको छ ।

Accident

त्यस्तै, २ को उपदफा १ बमोजिम औषधि उपचार वापत दिइएको सोधभर्ना रकम बीमांक रकम समेत थप हुनेछ र निर्देशिकाको अनुसूची–२ को दफा ५,६,७ र ८ बमोजिम उपचार गराउँदैको अवस्थामा बीमितको मृत्यु भएमा समेत सो बराबरको रकम सक्कल बील भरपाई बमोजिम बीमकले सोधभर्ना दिनुपर्ने भएको छ । यस व्यवस्थाले आउँदो दिनमा बीमितहरुले बीमा कम्पनीबाट सहजै औषधि उपचार खर्च पाउनेमा बीमा प्राधिकरणले विश्वास व्यक्त गरेको छ ।

निर्देशिका अनुसार आउँदो दिनमा बीमकले बीमांक रकमभन्दा बढी हुने गरी दावी भुक्तानी गर्ने छैन् । साथै, निर्देशिकामा रहेका केही बाधक उपदफासमेतलाई हटाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*