आइजीआई प्रुडेन्सियलको अभिकर्ता तालिम सम्पन्न, ३६ जना सहभागी

२० भाद्र २०८१, बिहीबार १२:०१

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा सञ्चालित चार दिने निर्जीवन अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न जिल्लाहरूबाट ३६ जनाले सहभागिता जनाएका थिए ।

कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरेको थियो । तालिम सकिएपछि कम्पनीले सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाईसेन्स पाउन अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने नियम ल्याएसँगै बीमा कम्पनीहरूले समयसमयमा अभिकर्ता तालिम सञ्चालन गर्दै आइरहेका छन् ।

तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरूको माध्यमबाट ग्राहकले सहज बीमा सेवा प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*