जलविद्युत आयोजनाको बीमा शुल्क घटाउने बीमा प्राधिकरणको निर्णय, राजश्व अनुसन्धानको चासोपछि कम्पनी जोगाउँदै प्राधिकरण

२० भाद्र २०८१, बिहीबार १०:०३

काठमाडौं । राजश्व छली भएको सम्बन्धमा राजश्व अनुसन्धान विभागको चासोपछि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई जोगाउन जलविद्युत बीमाको बीमा शुल्क दर नै घटाउने निर्णय गरेको छ । यसअघि आभारभूल जलविद्युत सम्बन्धी २.५ रुपैयाँ प्रति हजार रहेकोमा २०८१।०५।०२ को निर्णय अनुसार प्रतिहजार २.०० रुपैयाँमा झार्ने निर्णय गरिएको हो ।

कमजोर कार्य क्षमता प्रदर्शन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरू जोगाउने स्वार्थको लागि सम्पत्ति बीमा सम्बन्धी निर्देशिका २०७८ संशोधन गर्दै जलविद्युत आयोजनाहरुको बीमा गर्दा लाग्ने बीमा शुल्कको दर परिवर्तन गरिदिएको छ । अर्थमन्त्रालयका प्रतिनिधिको उपस्थिति विना नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको निर्णायक मत प्रयोग गर्दै पास गरिएको सम्पत्ति बीमा सम्बन्धी निर्देशिकाको पहिलो संशोधन आज जारी गरिएको छ ।

त्यस्तै, अनुसांगिक बीमाको आधारभूत दर २.५ रुपैयाँ कायम गरिएको छ । बीमा प्राधिकरणले एक्कासी सम्पत्ति बीमा निर्देशिका संशोधन गरेको हो । छलफल वा औचित्य वा कारण विना नै सम्पत्ति बीमाको दररेट फेरबदल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*