हकप्रद अनुमोदन प्रस्ताव सहित बरुण हाईड्रोपावरले डाक्यो साधारणसभा

२० भाद्र २०८१, बिहीबार ०९:०२

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा असोज १३ गते गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको हो ।

सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिले गरेका कार्य अनुमोदन गर्नेछ ।

त्यस्तै मर्जरका लागि आवश्यक कार्य गर्न र नियामक निकायबाट कुनै आदेश भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने मुख्य एजेण्डा पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*