एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको बुक क्लोजको मिति तय
२० भाद्र २०८१, बिहीबार ०८:१९
काठमाडौं । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांशका वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ ।
एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डको बुक क्लोजको मिति तय भएको हो । फन्डहरूले प्रतिफल (नगद लाभांश) वितरण प्रयोजनार्थ भदौ २८ गते बुक क्लोज गर्दैछन् । यसका आधारमा भदौ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्रै लाभांश पाउँनेछन् ।
एनआइसी एशिया सेलेक्ट ३० ले १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०.५० प्रतिशत, ग्रोथ फन्डले ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्ड ९.२५ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने निर्णय गरेका छन् ।