रिलायन्स फाइनान्सको साधारणसभा आज बस्दै

२० भाद्र २०८१, बिहीबार ०८:०५

काठमाडौं । रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा आज (भदौ २० गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेटमा बिहान ११ बजे शुरू हुनेछ ।

लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ६ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*