टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कारः कुन गाडीमा के छन् विशेषता ?

१९ भाद्र २०८१, बुधबार १६:५९

काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजार ईभीमय भइरहेको छ । आवश्यक पूर्वाधार बन्दै जाँदा दिनप्रति ईभी गाडि प्रतिको आकर्षण थपिदै गइरहेको हो ।

‘नाडा अटो शो २०२४’ मा पनि यसपटक ८० प्रतिशत ईभी गाडि राखिएका थिए । ६ दिनसम्म चलेको शोमा करिब ८५ हजारले अवलोकन गरेका हुन् । कतिपयले गाडि बुकिङ समेत गरेका छन् ।

विभिन्न ब्राण्डका नेपाली आधिकारिक कम्पनीले नयाँ गाडी सार्वजनिक गर्ने क्रमले निरन्तरता पाएकै छ । चिनिया ईभि नेपाल भित्रिने लहरनै लागेपनि आम ग्राहकहरुले विशेषतामा बढी ध्यान दिइरहेका छन् ।

भर्खरै नेपालमा अटो मार्केट टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कार आएका छन् । प्रतिस्पर्धी रूपमा देखिएका यी दुई ब्राण्डका गाडीको फिचर, क्षमता र मूल्यसमेत एउटै किसिमको छ ।

हेरौ अब गाडीको मूल्य र विशेषता :

परिचय
नेपालका लागि टाटा मोटर्सको अनधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च डट ईभी ल्याएको छ । टाटा मोटर्सको चौथो ईभीका रूपमा रहेको पन्च डट ईभी भारतमा मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । भारतीय बजारमा निकै रुचाइएको यो पन्च ईभीले नेपालमा पनि राम्रै बजार पाउने अपेक्षा कम्पनीको छ ।

यसअघि टाटा मोटर्सले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा ल्याएको थियो । फाइभ स्टार रेटिङ पाएको पन्च डट ईभीमा दुई वटा ब्याट्री अप्सन दिइएको छ ।

चिनिया कम्पनी डोङफेङको नामी ब्राण्डको विद्युतीय कार नेपालमा सार्वजनिक गरेको हो । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले नामीका ३ वटा विद्युतीय गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले नामी ई १ देखि ई ३ सम्मका मोडलका गाडीहरू ल्याउँदा नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि यी गाडी उपयुक्त देखिन्छ । आधुनिक फिचरहरूले सुसज्जित यी गाडीमा पनि मूल्य पनि मार्केट सुहाउँदो रहेको छ ।

रेन्ज
टाटा पन्च ईभी गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । ५ सिट क्षमताको यो विद्युतीय एसयूभीले एक पटकको फुल चार्जमा ३ सय १५ देखि ४ सय २१ किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

हाल ५ कलरमा उपलब्ध यस पन्च डट ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन् ।

७० किलोवाटको मोटर पावर रहेको नामी ब्राण्डको विद्युतीय कार तीन मोडलको ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको छ । यस गाडीको ब्याट्री पावर भने ३१ र ४२ किलोवाट आवर रहेको कम्पनीले जानकारी दिएको छ । एक पटकको फुल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन यी गाडीको टर्क पावर १६० एनएम रहेको छ ।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम दिइएको छ । यस्तै, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट गाडीमा पाउन सकिन्छ ।

मूल्य कुनको कति ?
सिप्रदि ट्रेडिङले एम्पावर्ड प्लस एसएमआरलाई ३३ लाख ९९ हजार, एलआरको ३६ लाख ९९ हजार र प्लस एसएलआरको ३८ लाख ९९ हजार तोकेको छ ।

यता, नामी ई १ को मूल्य २९ लाख ९९ हजार, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बक्स एक सव कम्प्याक यो ईभीका धेरै सेग्मेन्टमा फस्ट प्रिमियम फिचरहरू समावेश गरिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*