सुन तोलामा ५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

११ भाद्र २०७८, शुक्रबार १२:०७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार २ सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया र तेजाबि सुनको मूल्य ९१ हजार १ सयमा कारोबार भइरहेको छ । हिजो भने छापावाला सुनको मूल्य ९१ हजार १ सय रुपैया र तेजाबि सुनको मूल्य तोलामा ९० हजार ६ सयमा कायम गरिएको थियो ।

त्यस्तै, साताको अन्तिम दिन चादीको मूल्य भने घटेको छ । हिजो स्थिर रहेको चादी आज भने तोलामा १० रुपैयाले घटेर १ हजार २ सय रुपैया कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*